बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बैतडी : पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप जिल्लाका दुई हजार ४५३ जना किशोरीलाई लगाइने भएको छ। स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार उक्त खोप अभियान यही माघ २७ गतेदेखि फागुन २ गतेसम्म जिल्लाभरि सञ्चालन हुँदैछ।

जिल्लाभरिका १० वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्षका किशोरी र गत वर्षको अभियानमा छुटेका किशोरीलाई खोप दिइने उनले बताए।

बिज्ञापन

गत वर्ष अभियानका रूपमा किशोरीहरूलाई एचपिभी खोप दिइएको थियो भने यो वर्ष नियमित खोपमा समावेश गरिएको खोप हो। बैतडीमा यो वर्ष कक्षा ६ मा अध्ययनरत दुई हजार ३८६, गत वर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका छ किशोरी गरेर दुई हजार ४५३ जनालाई खोप दिइने जनाएको छ।

गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरेर १० हजार ३१० जनालाई एचपिभी खोप दिइएको थियो। यो वर्ष किशोरीहरूलाई एचपिभी खोप दिनका लागि स्थानीय तहहरूले आफ्नो पालिकामा तयारी भइरहेको र प्रत्येक विद्यालयलाई खोप केन्द्र तोकिएको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपिभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रूपमा लगाउनुपर्ने जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पविन उपाध्यायले बताए। नेपालमा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता रहेकाले त्यो रोग लाग्नै नदिन खोप लगाउनु अनिवार्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  रासस

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर