बैतडीका दुई हजार ४५३ किशोरीलाई एचपीभी खोप दिइने

बैतडी : बैतडीमा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणलाई मध्यनजर गर्दै कक्षा ६ मा अध्ययनरत छात्रा तथा लक्षित उमेर समूहका किशोरीलाई एचपीभी खोप दिइने भएको छ। पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान यही माघ २७ देखि फागुन २ गतेसम्म सञ्चालन गरिने भएको हो।

अभियानअन्तर्गत जिल्लाभरिका १० वटै स्थानीय तहमा दुई हजार ४५३ जना किशोरीलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपर भाइजर निरीक्षक हरिश भट्टले बताए। भट्टका अनुसार  कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरी तथा गत वर्षको अभियानमा छुटेका किशोरीलाई लक्षित गरी खोप दिइनेछ। यस वर्षदेखि एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको उनले बताए।

बिज्ञापन

जिल्लामा कक्षा ६ मा अध्ययनरत दुई हजार तीन सय ८६ जना र गत वर्ष छुटेका ६१ जना तथा विद्यालय बाहिर रहेका ६ जना किशोरी गरी कुल दुई हजार चार सय ५३ जनालाई खोप दिने लक्ष्य निर्धारण गरिएको हो।

यसअघि गत वर्ष सञ्चालन गरिएको अभियानमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरी गरी १० हजार तीन सय १० जनालाई एचपीभी खोप दिइएको थियो। यस्तै जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा। पविन उपाध्यायले एचपीभी खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भएर लगाउन सकिने बताए।

नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरुको ज्यान जाने प्रमुख कारणमध्ये एक भएकाले समयमै खोप लगाएर रोगबाट जोगिनु अत्यावश्यक रहेको उनले बताए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर