‘नीलो आकाश’ सिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट

काठमाडौं : नेपाली छोटो फिल्म ‘नीलो आकाश’ अमेरिकाको प्रतिष्ठित ‘सिकागो साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको छ । निर्मल पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्मले आफ्नो अमेरिका प्रिमियर यही महोत्सवमार्फत गर्नेछ । यो फिल्ममा पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकको अभिनय छ ।

मधेशी महिलाको कथावस्तुमा आधारित फिल्मले समाजमा हुने भ्रुण हत्याको संवेदनशिल विषयलाई प्रस्तुत गरिएको छ । यसमा निकितासहित सुरज यादव, मोनिका थापा, सुरभी सापकोटा र आराध्य रौनियारलगायतको अभिनय छ ।

बिज्ञापन

यसअघि यो फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ), इन्टरनेसनल फेस्टिभल अफ रेडक्रस एण्ड हेल्थ फिल्म (बुल्गेरिया) र क्यानडा इन्टरनेसनल फिल्म फेस्टिभल लगायतमा छनोट भएको छ । काफिया मिडिया र निर्मल पिक्चर्सको ब्यानरमा बनेको फिल्मका निर्मातामा आस्था शर्मा, गणेश कन्चन भारती र तेजु पाण्डे छन् । छायांकन भारतको पुणे इन्स्टिच्युटमा सिनेम्याटोग्राफी अध्ययन गरेका दीपंकर सिक्दरले गरेका हुन् ।

उनले छायांकन गरेको हिन्दी फिल्म ‘आहान’ नेटफ्ल्क्सिमा रिलिज भएको छ । डिकेश खड्कीको ध्वनि डिजाइन, अनिमेष सापकोटाको दृश्य सम्पादन र रङ संयोजन कपिल पराजुलीले गरेका हुन् । निर्देशक पौडेलको यसअघि बनेको लघु फिल्म ‘म कमरेड’ समेत शिकागो साउथ एसियन फिल्म फेस्टिभलमा छनोट भएको थियो । साथै, चलचित्र विकास बोर्डले आयोजना गरेको सर्ट फिल्म कम्पिटिसनमा समेत तेस्रो भएको थियो ।

निर्देशक पौडेलले अभिनेत्री चान्डकसँगको सहकार्यबारे भने, ‘फिल्मले दिएको हौसला र अन्तर्राष्ट्रिय मंचमा पाएको स्थानले अझ ऊर्जा दिएको छ ।’ पौडेल मिडिया स्टडिजमा मास्टर्स गर्दै मधेसकै कथामा आधारित फिचर फिल्म लेखनमा ब्यस्त छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर