नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ : अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ।

पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन्। प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ। पोस्टरमा रेखाको अनुहारमा सङ्घर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ।

बिज्ञापन

दुई महिला पात्रबिचको द्वन्द्वलाई फिल्मको केन्द्रमा राखिएको देखिन्छ।फ्लोरमा जानु अघि नै सार्वजनिक गरिएको यो फस्ट लुक पोस्टरले दर्शकको उत्सुकता बढाउने अपेक्षा छ ।

सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ। निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन। सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ।

फिल्ममा रेखासँग पछिल्लो समय अभिनयका लागि चर्चित महेश त्रिपाठीको जोडी बाँधिनेछ भने पूजासँग पुष्प खड्काको जोडी देखिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर