काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार र ब्याट्रीले बिजुलीको माग धान्न सके हाइड्रोको पछाडि लाग्न आवश्यक नरहेको बताएका छन् ।
दिउँसो र रातिको समयमा सोलर ब्याट्रीले बिजुलीको माग धान्न सक्ने स्थिति भएमा धेरै खर्च गरेर हाइड्रोको पछाडि लागिरहनु नपर्ने शाक्यले बताए ।
बिज्ञापन
शाक्यले भने- ‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमान्ड ब्याट्री र सोलारले पूरा हुन्छ भने हामी हाइड्रोको पछाडि लाग्नुपर्छ भन्ने छैन। हाम्रो डिमान्ड दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्यो । हाम्रो राति त्यति बिजुली डिमान्ड हुँदैन ।’
अहिले उद्योगहरुमा विद्युत्को खपत धेरै नरहेको समेत शाक्यले बताए ।
90