सुशील र अञ्जनाको एक्सन फिल्म ‘रिवर्तन’ इन्डक्ल्याप

काठमाण्डौं :   फिल्म ‘रिवर्तन’को छायांकन सकिएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार फिल्मका दुई गीतबाहेक मूल दृश्यको छायाङ्कन सोमबार सकिएको हो ।

अब फिल्ममा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिए । झापाका बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित विराटनगरमा खिचिएको हो ।

बिज्ञापन

विजय केरुङ निर्देशित यो फिल्ममा सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको शीर्ष भूमिका छ । गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर लगायतको पनि अभिनय छ ।

यसअघि अभिनेता सुशील श्रेष्ठको एक्सन फोटो बाहिरिएको थियो । एक्सन हिरोको रूपमा परिचय बनाएका श्रेष्ठको यो फिल्म प्रतीक्षित छ । दिब्यासी फिल्म्स प्रालिको ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस फिल्ममा सीमा सुरक्षा, भ्रष्टाचार र नागरिक पीडालाई चित्रण गरिएको छ ।

पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । निर्माताले २०८२ सालभित्रै प्रदर्शन गर्ने जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता