कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदै

काठमाडौं : कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।

पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट हुन् । उनीहरूबीच उम्मेदवार चयन भएसँगै कडा प्रतिस्पर्धा हुँदै आएको छ । आज मतदान भएसँगै यो प्रतिस्पर्धा निष्कर्षमा पुग्नेछ ।

बिज्ञापन

आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमबार अन्तिम चुनावी अभियान चलाएका थिए । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए ।

ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका लागि भन्दै मत मागिरहेका छन् भने ह्यारिसले अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने आफ्नो प्रयास गरिरहेकी छन् ।

यस निर्वाचनबारे भएका सर्वेक्षणहरूले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन् । केही सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अघि देखिएकी छन् ।

अमेरिकामा सात करोड ८० लाखभन्दा बढी मतदाताले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० मा खसेको कूल मतको लगभग आधा हो । र, दुवै जनाले यसबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर