आजको मौसम : चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

बिज्ञापन

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई-स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र  कर्णाली प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल