कतिले रूपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य ?

काठमाडौं : सरकारले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।

नेपाल आयल निगमले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो।

बिज्ञापन

बुधबार बिहानदेखि पहिलो वर्गमा पर्ने क्षेत्रमा डिजेल/मट्टीतेलको मूल्य १६१, दोस्रो वर्गमा १६३ र तेस्रो वर्गमा १६४ रूपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज पर्छन्।

दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने काठमाडौं पोखरा र दिपायल तेस्रो वर्गका क्षेत्र अन्तर्गत पर्छन्।

मंगलबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आएको नयाँ मूल्यसूचीअनुसार डिजेल लिटरमा ३ रूपैयाँ ६३ पैसा घटेर आएको निगमले जनाएको छ।

त्यस्तै पेट्रोल लिटरमा एक रूपैयाँ ५१ पैसा र एलपी ग्यास सिलिन्डरमा ९३ रूपैयाँ ६० पैसाले वृद्धि भएर आएको छ। तर यिनको भाउ यथावत नै छ।

मूल्य वृद्धि भएर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोल र ग्यासको भाउ नबढाइएको निगमले जनाएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर