जगत बहादुर कामी,धनगढी : कैलालीमा उधाेग दर्ता उल्लेखनीय वृद्वि भएकाे छ । जिल्लामा अार्थिक २०८८/ ८९ काे साउन देखि बैशाख महिनाकाे अवधिमा १३ हजार ९ सय २९ वटा उधाेग दर्ता भएका छन । जसमा सबै भन्दा बढि धनगढी उपमहानगरपालिकामा ४ हजार ७ सय ४९ वटा उधाेग उधाेग दर्ता भएका हुन ।
जसमा उत्पादन मुलुकमा १२ सय ४३ वटा , कृषि मुलकमा १२सय २१ वटा, निर्माण मुलक २वटा , पर्यटन उघाेगमा २ वटा , र ४४ वटा पर्यटन मुलक , सेवामूलकमा २२ सय ३६ वटा उधाेग दर्ता भएकाे भएकाे साना तथा घरेलु उधाेगका अधिकृत नवराज भट्टले जानकारी गराउनु भयाे ।
त्यसैगरि कैलालीकाे गाेदावरी नगरपालिकामा १७ सय ८१ वटा उधाेग दर्ता भएका छन । जसमा उत्पादन मुलकमा ३सय ९७ वटा , कृषि मुलक ७ सय ३९ वटा, पर्यटन मुलक ८ वटा , सुचना प्रविधि १ वटा र सेवा मुलक ६ सय ३७ वटा उधाेग दर्ता भएका छ । त्यसैगरी टीकापुरमा १६ सय ५३ वटा उधाेग स्थापना भएकाे छ । जसमा उत्पादन मुलक ३ सय ६६ वटा, कृषि मुलक ७ सय ५० वटा, पर्यटन मुलक ८ वटा र सेवा मुलक ५ सय २९ वटा उधाेग दर्ता भएका छन ।
यसैगरी घाेडाघाेडीमा १७ सय ८१ वटा, उधाेग दर्ता भएका छन । जसमध्ये उत्पादन मुलकमा १ सय २९ वटा , कृषि मुलक ४ सय ८२ वटा , सुचना प्रविधि२ वटा र सेवा मुलकमा ३ सय ५६ वटा उधाेग दर्ता भएका छन ।
त्यसैगरी लम्किचुहा नगरपालिकामा ११ सय ३१ वटा उधाेग दर्ता भएका छन । जसमध्ये उत्पादन मुलकमा २ सय ८३ वटा , कृषि मुलक ४ सय ९१ वटा , पर्यटन मुलक एक वटा र सेवा मुलक ३ सय ५६ वटा उधाेग दर्ता भएका छन ।
त्यसैगरी गाैरीगँगा नगरपालिकामा ८ सय ४७ वटा उधाेग दर्ता भएका छन । जस मध्ये उत्पादन मुलकमा १ सय २९ वटा , कृषि मुलक ४ सय ३९ वटा, सेवामूलक २ सय ७८ वटा उधाेग स्थापना भएका छन । त्यसैगरी जानकी गाउँपालिकामा ६ सय १६ वटा उधाेग दर्ता भएका छन ।
जसमा उत्पादन मुलकमा एक सय छ वटा ,३ सय ५७ वटा , सेवा मुलक एक सय ५३ वटा उधाेग दर्ता भएका छन । कैलारी गाउँपालिकामा ५ सय २४ वटा उघाेग स्थापना भएका छन । जसमध्ये उत्पादन मुलकमा ७५ वटा , कृषि मुलकमा ३ सय ३३ वटा र सेवा मुलकमा एक सय १६ वटा उघाेग स्थापना भएका छन । बर्दगाेरिया गाउँपालिकामा ३ सय ९३ वटा उधाेग दर्ता भएका छन ।
जसमध्ये उत्पादन मुलुकमा ८८ वटा , कृषि मुलक एक सय २५ वटा र सेवामूलक १ सय ७१ वटा उधाेग दर्ता भएका छन । त्यसैगरी भजनी नगरपालिकामा तीन सय १७ वटा उधाेग दर्ता भएका छन । जसमध्ये उत्पादन मुलकमा ५५ वटा , कृषि मुलक १ सय २५ वटा र सेवामूलकमा एक सय ३७ वटा उधाेग स्थापना भएका छन । जाेशीपुर गाउँपालिकामा ४ सय ४५ वटा उधाेग दर्ता भएका भएका छन ।
जसमध्ये उत्पादन मुलक ६० वटा , कृषि मुलकमा २ सय ४३ वटा, र सुचना प्रविधि एक वटा र सेवा मुलक एक सय ४१ वटा उधाेग दर्ता भएका छन । चुरे गाउँपालिकामा ३ सय २८ वटा उधाेग दर्ता भएका भएका छन ।
जसमध्ये उत्पादन मुलकमा ४ वटा, कृषि मुलक २ सय ७३ वटा र सेवामुलक ५१ वटा उधाेग दर्ता भएका छन । र त्यसैगरी कैलालीकाे सबै भन्दा कम उधाेग स्थापना भएकाे स्थानीय तह हाे । माेहन्याल गाउँपालिकामा १ सय ३७ उधाेग उधाेग दर्ता भएका छन । जसमध्ये कृषि मुलक एक सय २३ वटा र सेवामुलक १४ वटा उधाेग दर्ता भएका छन ।
कैलालीकाे सबैभन्दा बढि कृषि मुलक , सेवा मुलक , उत्पादन मुलक , पर्यटन मुलक, सुचना मुलक, सुचना प्रविधि , निमार्ण मुलक र पर्यटन उधाेग स्थापना गरिएकाे प्रमुख भट्टले जानकारी गराउनु भयाे ।