नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटियो

भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक

काठमाडौं : भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको राजनीतिक वृत्त तरङ्गित छ । सार्वजनिक नयाँ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्या समाधान गर्न दबाब भइरहेको बेलामा अर्को मुद्दा थपिएको हो । प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् ।

बिज्ञापन

सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने सदनबाटै संकल्प गरेका प्रचण्डलाई यो नयाँ नक्साको विषयमा पनि प्रस्ट पार्न दबाब बढेको छ ।

यो विषय प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बन्छ कि बन्दैन भन्ने विषयमा हामीले प्रधानमन्त्रीको भ्रमण दलका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई सोध्यौं ।

तर, उनले यसबारेमा ठोस जवाफ दिएनन् । उनले भने, ‘यसको बारेमा हामीले सुनिरहेका छौं । बुझ्दैछौं ।’ सरकारले यसको बारेमा कूटनीतिक नोट पठाउँछ त भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘मैले भनिसकें, हामी बुझ्दैछौं । त्यसबारेमा अहिले यति नै भनौं ।’

त्यसो त आजैमात्र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा र सीमाको विषयलाई प्रधानमन्त्रीले टुंग्याउनुपर्ने बताए । पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अखण्ड भारत’ को नयाँ नक्साको गल्ती सच्याऊ भन्न नसक्ने भए किन भ्रमणमा जाने भन्दै प्रश्न गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यो नक्साको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे । यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पनि भारतको नक्साको बारेमा प्रश्न उठाइसकेका छन् । भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाइ छ ।

त्यसो त अन्य राजनीतिक दलले मात्रै नभएर प्रधानमन्त्रीलाई माओवादी पार्टीकै नेताहरुले नै सो विषयलाई भ्रमणको क्रममा राख्न सुझाव दिइसकेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरुले सीमादेखि पछिल्लो नक्साको बारेमा प्रस्ट कुरा राख्न सुझाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर