नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने सरकारको निर्णय

काठमाडौं : सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नयाँ स्टक एक्सेचन्जको लाइसेन्सका विषयमा संसदमा प्रश्न उठेको भन्दै तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्को निर्देशनसम्बन्धी पत्र आज धितोपत्र बोर्डलाई पठाइने मन्त्रालयले जनाएको छ । नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिए पनि उच्च अदालत पाटनमा १० दिन मात्रै समय दिएर आवेदन दिने पक्रिया गलत भएको भन्दै रिट परेको थियो ।

अदालतले पक्षलाई छलफलका लागि बोलाउंदै जेठ १ गते पेसी तोकेको थियो । नेपाल धितोपत्र बोर्डले थप एउटा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन समूहको आवेदन परेको थियो ।

नयाँ स्टकको लाइसेन्स लिन हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कञ्चनपुरको दुइ स्थानमा आगलागी

मुख्यमन्त्रीको विशेष पहलमा चिसापानी-कुइने सडकखण्डको स्तरोन्नति अघि बढ्यो

बाजुराकी रङ्गी नेपालीलाई ८९ वर्षमा नागरिकता

नेताका घर फेरिए,सार्वजनिक भवनको छानो फेरिएन

प्रदेश सरकारको लगानीमा बन्दै गरेका तीन वटा पुल निर्माणको कार्य सुस्त

भूमि आयोग कैलालीका लागि करारमा ३२ जना कर्मचारी पठाईयो

दलित समुदायका तीनजना एकैपटक सहसचिवमा सिफारिस

कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

आज राजावादी र समाजवादी मोर्चाको प्रदर्शन हुँदै