डडेल्धुरा : डडेल्धुरामा जुवा खेलिरहेका चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी ७ का ३८ वर्षीय तेज कैनी, सोही ठाउँका ४० वर्षीय खेम बोहरा, ३३ वर्षीय दिपक राज जोशी र वर्ष ३४ को प्रेम बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
सोमबार बिहानै ४ बजे जिल्लाको अमरगढी नगरपालिका–७ स्थित जोशीगाउँ बस्ने दिपक राज जोशीको कुखुरा फर्मको लागि बनाइएको घरभित्रबाट उनीहरू पक्राउ परेका हुन्।
बिज्ञापन
जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई ३९ हजार ३९५ रुपैयाँसहित समातिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
57