तिन महिनामा कैलालीमा लागुऔषध सम्बन्धी मुद्धाका १ सय ७१ जना पक्राउ

कैलाली : तिन महिनामा कैलालीमा लागुऔषध सम्बन्धी मुद्धाका १ सय ७१ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीमा तिन महिनाको अवधीमा सो मुद्धाका मात्रै १ सय ७१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गएको माघ, फागुन र चैत्र महिनामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले जानकारी गराए । उनले लागूऔषधका १ सय १० मुद्दा परेका थिए । जसमा २१ जना महिला र १ सय ५० पुरुष गरि १ सय ७१ जना रहेको जानकारी गराए । उनले पक्राउ परेकाहरूबाट खैरो हेरोइन ३ सय १४ ग्राम ३ सय ७० मिलिग्राम, नाइट्राभेट ५९ ट्याब्लेट,चरेस २६ किलो ४७ ग्राम ९ सय २० मिलिग्राम, स्पास्मो १ सय २१ क्याप्सुल र ब्रुफिन ७ ट्याब्लेट बरामद गरिएको जानकारी गराए ।

बिज्ञापन

सोही अवधिमा भन्सार छलेर चोरी निकासी पैठारीमा संलग्न २७ सवारीसाधन र २० जनालाई पक्राउ गरेको जानकारी गराए । उनीहरुबाट ८१ लाख १३ हजार ४६ रुपैयाँ राजश्व संकलन गरिएको छ । त्यसैगरी उनले सवारीसाधन नियम विपरित चलाई ट्राफिक नियम उलंघन गर्ने सवारीधनिबाट ७१ लाख ७२ हजार ५ सय जरिवाना गरिएको जानकारी गराए । उनले कैलाली अदालतबाट विभिन्न मुद्दामा फैसला भइ फरार रहेका ५६ जनालाई समेत पक्राउ परेका र पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कैलालीमा बुझाएको समेत जानकारी गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर