कैलाली र कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउन भ्याईनभ्याई

कञ्चनपुर : कैलाली, कञ्चनपुरका किसानलाई गहुँ भित्र्याउन भ्याईनभ्याई भएको छ । खेतमा लगाएको हिउँदे बाली गहुँ पाकिसेकेकोले किसानलाई काट्न र भित्र्याउन भ्याईनभ्याई भएको हो ।

काटिएको गहुँबाली कतै थ्रेसिङ गर्न तयारी भइरहेको छ भने थ्रेसिङ गरिसकेको गहुँ भित्र्याउने चटारो चलेको छ । फागुन अन्तिम साता र चैत पहिलो साता भएको वर्षाले यस पटक गहुँ भित्र्याउने समय केही ढिलो भएको हो । तर कृषकलाई चैत मध्यदेखि नै सुरु भएको गहुँ बाली काट्ने र भित्र्याउने काम यतिबेला अझै जारी रहेको छ ।

बिज्ञापन

यस्तै कैलालीमा पनी यतिबेला कृषकहरूलाई भ्याइनभ्याइ छ । कतिपय गहुँ भित्र्याउने र चैते धान लगाउने काम सँगसँगै गरिरहेका छन् । किसानहरुले गहुँको उत्पादन संंँगै मसुरो उत्पादन गर्ने गरेका छन् । कृषकहरू गहुँसँगै मसुरो भित्र्याउने चटारोमा लागेका छन् ।

कैलालीको टिकापुरका किसान जितबहादुर चौधरीले अहिले बढ्दै गइरहेको गर्मीमा गहुँ भित्र्याउन भ्याइनभ्याइ भएको बताए। उनले यसपाली समयमै वर्षा नभएकाले विगतभन्दा केही ढिलोगरी गहुँ ढिला पाकेको बताए । गहुँ काटेर थे्रसिङमा महङ्गो मूल्य तिर्नूपरेको उनको भनाई छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का कृषक प्रकाश जोशीले थ्रेसिङका लागि प्रतिघण्टा ३ हजारदेखि साढे ३ हजारसम्म लिइरहेको उनले बताए  ।

गत वर्ष प्रतिघण्टा १८ सय रहेकोमा अहिले एक्कासि २ हजार हाराहारी वृद्धि भएको छ । यस्तै भीमदत्त–१० तिलकेनीका कृषक जगन्नाथ पन्तले गहुँ भित्र्याएर भण्डारण गरिरहेको बताए । दुई बिघामा गहुँ खेती गरेका उनले गत वर्षभन्दा यसपालि गहुँ उत्पादन राम्रो भएको बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार हालसम्म ३५ देखि ४० प्रतिशतसम्म गहुँ भित्र्याइसकिएको छ ।

पूर्ण रूपमा गहुँ भित्र्याउन दुई हप्तासम्म अझै लाग्न सक्ने बताइएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख हरिदत्त जोशीले यस वर्ष गहुँको उत्पादन बढ्ने अनुमान गरिएको बताए । जोशीका अनुसार यस वर्ष गहुँको उत्पादन ३ देखि साढे ३ मेट्रिक टन प्रतिहेक्टरसम्म हुने अनुमान गरिएको छ । समयमै सिँचाइ, मलखादको उपलब्धता र उन्नत जातको बिउको प्रयोग आदि कारणले उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए । गत वर्ष जिल्लामा गहुँको उत्पादन ३ मेट्रिक टन प्रतिहेक्टर रहेको थियो ।

ज्ञान केन्द्रका अनुसार यस वर्ष ३१ हजार २ सय १० हेक्टरमा गहुँ खेती गरिएको छ । कृषकलाई गहुँ भित्र्याउने चटारो भए पनि थ्रेसिङमा भने ट्र्याक्टर व्यवसायीहरूको मनपरी रहेको किसानहरुको भनाई छ । थ्रेसिङका लागि प्रतिघण्टा ३ हजारदेखि साढे ३ हजारसम्म लिइरहेको किसानहरु बताएका छन् । गत वर्ष प्रतिघण्टा १८ सय रहेकोमा अहिले एक्कासि २ हजार हाराहारी वृद्धि भएको छ । किसान कृष्ण पन्तले गहुँको थ्रेसिङ निकै महँगो भयो, ट्र्याक्टर व्यवसायीको मनपरी नै चलिरहेको बताए ।

एकै व्यवसायीले कतै २८ सय लिइरहेको छ, कतै ३ हजार ३५ सय लिइरहेको बताए । डिजेलको मूल्य वृद्धि भएको बहानामा व्यवसायीहरूले थ्रेसिङ गरेको मूल्य मनपरी ढंगले निर्धारण गरेको उनले बताए । केही स्थानीय तहले थ्रेसिङका लागि मूल्य निर्धारण गरे पनि अधिकांशले भने यसतर्फ चाँसो दिएका छैनन् । शुक्लाफाँटा र वेदकोट नगरपालिकाले थ्रेसिङका लागि प्रतिघण्टा २५ सय निर्धारण गरेको छ । अन्य पालिकाले भने यसतर्फ चासो नदिएको किसानको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर