आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

धनगढी : देशभर पश्चिमी वायूको सामान्य असर कायमै रहेकाले आज सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई भूभागमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति प्रदेश १, कर्णाली, सदूरपश्चिम प्रदेशका केही भूभागमा सामान्य बदली रहने छ । बाँकी भागमा मौसम सामान्यतः सफा रहने छ ।

बिज्ञापन

सोहीअनुसार भोलि सोमबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली रहने विभागको भनाइ छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केही भागमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, मंगलबार पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा आंशिक बदली रहने छ । सो दिन पनि ती प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशको उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित

निजामती विधेयकको मस्यौदामा तीन हजार पाँच सय सुझाव

लम्कीचुहाको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

डडेल्धुराको कैलाश वनका अध्यक्ष मडै भ्रष्टाचार मुद्दामा दोषी ठहर