बागमती र गण्डकीमा आज नयाँ मुख्यमन्त्री पाउने

काठमाडौं : बागमती र गण्डकी प्रदेशले आज मुख्यमन्त्री पाउने भएका छन्।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न सम्बन्धित प्रदेशका राजनीतिक दलहरुलाई पुस २१ गते आह्वान गरेका थिए।

बिज्ञापन

दुवै प्रदेशमा कुनै एकल पार्टीको बहुमत नभएका कारण संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान भएको छ।

हिजो साँझ केन्द्रका सत्तारुढ दलहरुबीच प्रदेशका विषयमा भागवण्डा मिलेपछि दुवै प्रदेशमा आज दाबी पेश हुने भएको छ। जसअनुसार बागमती प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा परेको छ।

यो प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। अघिल्लो कार्यकालमा आन्तरिक मामिला तथा कानूनमन्त्री भइसकेका जम्मकट्टेल यसपटक मुख्यमन्त्री बन्न लागेका हुन्।  सहमति अनुसार जम्मकट्टेलले आगामी साढे दुई वर्ष मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् भने त्यसपछि सत्ता नेकपा एमालेलाई हस्तान्तरण गर्नेछन्।

यस्तै एमालेको भागमा परेको गण्डकी प्रदेशमा संसदीय दलका नेता खगराज अधिकारीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका छन्।  यो प्रदेशमा आलोपालोको सहमति नभएकाले अधिकारीले ५ वर्षकै लागि मुख्यमन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ। यसअघि संघ सरकारमा विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका अधिकारी गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेपाल–भारतबीच सामान आउनु अगाडि सूचना दिने समझदारी

अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसले महायज्ञ आयोजना गर्ने

कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता

कैलालीमा लागूऔषध र प्रतिवन्धित औषधीसहित ४ जना युवक पक्राउ

कैलालीमा अशक्त किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मत माग्न गाउँ पसे उम्मेदवार, मतदाता भने रोजगारी खोज्न परिवारसहित भारततिर

बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी

बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता