आयो काल लग्यो ज्यान ख्यालै भएन
जन्मे पछि एक दिन चिहान ख्यालै भएन ।
सीप सिकेर केहि स्वदेशमै बसाै मित्रहरू
भाग्य फुटे आउँछ भ्यान ख्यालै भएन ।
बिज्ञापन
थोपा थोपा मिलेर सागर बन्दो रहेछ है
हजुर आयो बल्ल ध्यान ख्यालै भएन ।
जवानिमा जाड खादै गल्लि भाैतारिय
आज जीवन भयो मसान ख्यालै भएन ।
मलाई धकेल्दै धकेल्दै यता पुगाई दिय
रैछन हजुर आफ्नै फ्यान ख्यालै भएन ।
समयमै हामिले विमा न गर्दा हजुर है
जिन्दगीमा आउँछ चट्टान ख्यालै भएन ।
सकिन्छ एक अर्का सम्मान गराै मित्र
नत्र हुन्छ आफ्नै अपमान ख्यालै भएन ।
दिपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली
67