जनकपुरधाम,
प्रदेश २ को स्थायी धनुषाको राजधानी जनकपुर टुंगो लागेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो ।
मतदानमा हाल अस्थायी राजधानीका रूपमा रहेको ऐतिहासिक नगर जनकपुरको पक्षमा ७८ मत परेको र उक्त मत प्रदेशसभाको दुईतिहाइ मत भएकोले उक्त प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरे।दोस्रो पटकको प्रयासमा राजधानी कायम भएको हो । यसअघि ३ चैत २०७६ मा मतदान हुँदा पनि राजधानी तोकिन सकेको थिएन ।
सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीनवटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान भएको हो।प्रदेशसभामा प्रदेशको राजधानी वीरगञ्ज (पोखरीया नगरपालिका, सखुआ प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, जीतपुर–सिमरा निजगढ हुँदै समरौनगढसम्म)तोक्ने प्रस्ताव र वीरगञ्ज महानगर तोक्ने प्रस्ताव पनि पेस भएको थियो ।