लालझाँडीमा सिकलसेल परीक्षणबाट २ सयभन्दा बढीमा ट्रेट पुष्टि

कञ्चनपुर : कञ्चनपुरको लालझाँडी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ ट्रेट (वाहक) पहिचान भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सिकलसेल एनिमिया तथा थालसेमियाको पहिचान र निदानका लागि एक सातासम्म सञ्चालन गरेको ‘स्क्रिनिङ’ शिविरमा २ हजार ६४७ जनाको रगत परीक्षण गरिएको थियो।

बिज्ञापन

स्वास्थ्य कार्यालयका फोकल पर्सन सिद्धराज भट्टका अनुसार परीक्षण गरिएकामध्ये १ हजार ७५७ महिला र ८९० पुरुष रहेका छन्। तीमध्ये १४८ महिला र ७५ पुरुष गरी कुल २ सय २३ जनामा ट्रेट देखिएको हो।

पोजेटिभ देखिएका व्यक्तिहरुको थप पुष्टि परीक्षणका लागि नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। यसको अन्तिम रिपोर्ट आउन केही समय लाग्ने बताइएको छ।

थारू चौधरी समुदायमा सिकलसेल एनिमिया र थालसेमिया प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखिँदै आएकाले उच्च जोखिम रहेका क्षेत्रमा यस्तो निःशुल्क शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

भट्टका अनुसार यी दुवै रोग आनुवंशिक रगतसम्बन्धी समस्या हुन्। ट्रेट (वाहक) भएका व्यक्तिमा खासै गम्भीर लक्षण नदेखिए पनि यदि दुवै पति–पत्नीमा ट्रेट भएमा जन्मिने सन्तानमध्ये २५ प्रतिशतमा रोग देखिने जोखिम हुन्छ।

सिकलसेल रोग लागेका व्यक्तिमा थकान, सास फेर्न गाह्रो, छाती तथा अंगहरू दुख्ने, ज्वरो आउने, आँखा सम्बन्धी समस्या देखिने लगायतका लक्षण देखा पर्ने गर्दछ। स्वास्थ्य कार्यालयका अनुसार विश्वभर हेमोग्लोबिनसँग सम्बन्धित यस्ता समस्या ५ प्रतिशतभन्दा बढी जनसंख्यामा देखिने गरेका छन् भने नेपालमा विशेष गरी पश्चिम तराईका थारू समुदायमा यसको प्रकोप उच्च रहेको छ। रासस

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

धनगढी उपमहानगरपालिकाले गर्‍यो प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता 

सुदूरपश्चिममा करिब सात लाख व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल

आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ मनाइँदै

सुदूरपश्चिममा बिसु पर्वको रौनक

आज २०८३ साल वैशाख १ गते मंगलबारको राशिफल

सुदूरपश्चिम पीएम कपको फाइनलमा