कैलाली : आज सुदूरपश्चिम प्रदेशमा सुदुरपश्चिमको छुट्टै मौलिक पर्वका रुपमा रहेको बिसु पर्वको रौनक छाएको छ । हरेक वर्षको अन्तिम दिन र वर्षको पहिलो गरी दुई दिन सम्म यो वर्ष मनाउने गरिन्छ । वर्षको अन्तिम दिनलाई बिदाई गर्दै र नया बर्षको सुरुको दिनलाई स्वागत गरेर बिशु पर्व मनाउने चलन रहेको छ ।
बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु र्फकने गर्दछन् । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा नयाँ बर्षलाई बिसु पर्व मानेर खुसीयाली मनाउने चलन चल्दै आएको छ ।
१ गते संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँ वर्षमा जुनसुकै बिशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहेको छ । देवर–भाउज्र, नन्द–भाउजू, साली–भिनाजु, फुपु–सालीहरुका बिचमा सिस्नो पानी छ्याप्दै बिसु पर्व मनाउने चलन छ ।