पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरिएको छ ।

बिज्ञापन

परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ ।

लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ ।

पाक्षिक रूपमा करिब सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

धनगढी उपमहानगरपालिकाले गर्‍यो प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता 

सुदूरपश्चिममा करिब सात लाख व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल

आज नयाँ वर्ष २०८३ : हर्षोल्लासका साथ मनाइँदै

सुदूरपश्चिममा बिसु पर्वको रौनक

आज २०८३ साल वैशाख १ गते मंगलबारको राशिफल

सुदूरपश्चिम पीएम कपको फाइनलमा

धनगढीमा एकै पटक नौ स्थानमा स्मार्ट स्ट्रिट लाइटको उद्घाटन