आजको माैसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको  सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात पनि हुनसक्ने छ ।

बिज्ञापन

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी प्रदेश, वाग्मती  र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश

खाद्य सुरक्षा प्रवर्द्धनमा नौमासिकमा १५ लाखभन्दा बढी राजस्व संकलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज असार २० गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

फुलवारीमा नोबेल एकेडेमीमा ईसीईसी प्रणालीसहितको प्री–प्राइमरी ब्लक उद्घाटन

कमिसनमा बजेट बाड्ने परिपाटीको अन्त्य : मन्त्री थापा