काठमाडौं : नेपालले बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
परिमार्जन यादवले अविजित ५९ रन बनाए (३५ बलमा), भने शिवांश बजगाइले २३ रन नटआउट खेले। मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दा नेपाली बलरको उत्कृष्ट प्रदर्शनका कारण ४३.१ ओभरमा ९० रनमा अलआउट भयो।
बिज्ञापन

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाएका थिए। कप्तान दियाज पात्रोले १० रन थपे भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि अभय यादवले १० ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट लिए। सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए। कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १-१ विकेट लिए।