रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत सुधारका एजेन्डामा छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले वैशाख ६ गते दिउँसो ३:३० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा विशेषगरी पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे ठोस छलफल हुने बताइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि–२०८३’ र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

बिज्ञापन

यस्तै, बैठकमा केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्चको विस्तार र पार्टीका विभिन्न विभागमा मनोनयन गर्ने तयारी छ । बैंक खाता सञ्चालन सम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

सचिवालय बैठकले प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी समेत बाँडफाँट गर्ने बताइएको छ । यसबाहेक आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग र लेवी व्यवस्थापनका विषयमा बैठकले निर्णय लिनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो