बैतडीमा गर्भपतन सेवा लिने २० वर्ष मुनिका किशोरीहरूको संख्या उच्च

बैतडी : बैतडीमा सुरक्षित गर्भपतन सेवा लिने महिला मध्ये २० वर्ष मुनिका किशोरीहरूको संख्या उच्च रहेको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडी तथा जिल्लास्थित ४९ वटा स्वास्थ्य संस्थाबाट संकलित तथ्यांकले गर्भपतन सेवा लिने महिला मध्ये २० वर्ष मुनिका किशोरीहरूको संख्या उच्च रहेको देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत खगेन्द्र सिँह कार्किले किशोर–किशोरी उमेर समूहमा अनिच्छित गर्भधारण बढ्दै गएको बताउदै गर्भपतन सेवा लिने मध्ये २० वर्ष मुनिका किशोरीहरूको संख्या उच्च रहेको देखिएको जानकारी गराए । स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक अनुसार सुरक्षित गर्भपतन सेवा लिने कुल सेवाग्राही मध्ये ३ प्रतिशत १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरू रहेका छन् ।

बिज्ञापन

गत आर्थिक वर्षमा सुरक्षीत गर्भपतन गराउने महिलाको सङ्ख्या एघार सय अन्ठाउन्न जना रहेको तथ्यांकले देखाएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार कम उमेरमै विवाह, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव, गर्भनिरोधक साधनको न्यून प्रयोग र सामाजिक लाज–संकोचका कारण किशोरीहरू अनिच्छित गर्भधारणको जोखिममा परिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार विद्यालय तथा समुदायस्तरमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा प्रभावकारी रूपमा पुग्न नसक्दा समस्या झनै जटिल बन्दै गएको बताइएको छ । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्टले किशोरीहरू सुरक्षित गर्भपतन सेवा लिन आउनु सकारात्मक पक्ष भएपनि यस्तो अवस्था नआउने गरी रोकथाममा ध्यान दिन जरुरी रहेको बताए ।

बैतडीका अधिकांस ग्रामीण क्षेत्रहरुमा सुरक्षित गर्भपतन सम्बन्धी सेवा विस्तारसँगै सचेतना अभिवृद्धि नभए किशोरी स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको उनले बताए । त्यसैगरी पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक अधिकृत सुरेश सार्कीले अभिभावक, विद्यालय, स्थानीय तह र स्वास्थ्य संस्थाबीच समन्वय गर्दै किशोर–किशोरी लक्षित यौन शिक्षा, परामर्श सेवा र गर्भनिरोधक साधनको सहज पहुँच सुनिश्चित गर्नु पर्ने बताए ।

स्थानीय तहहरूले किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार, विद्यालयमा जीवनोपयोगी शिक्षा तथा समुदायस्तरमा खुला छलफल कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । शहर बजारको भन्दा गाउँ घरमा गर्भपतनको समस्या जटिल हुने भएकाले यस्ता कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा बैतडीमा किशोरी गर्भधारण र गर्भपतनको बढ्दो दर न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको जनस्वास्थ्य निरीक्षक अधिकृत साकीले बताएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन