वर्षालाई लिएर शनिबार हल भिजिटमा पुगे माग्ने बुढा

काठमाडौं : निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्म ‘माग्ने राजा’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ । यद्यपि, कमाइको औपचारिक आँकडा आउन बाँकी छ । शुक्रबार मध्यान्न यताको लयलाई कायम राख्दै फिल्मले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको निर्माता बताउँछन् ।

सप्ताहन्तमा फिल्म प्रवर्धन गर्नको लागि कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने हल दौडाहामा छन् । शनिबार भक्तपुरस्थित क्यूएफएक्सको हलमा भेटिएका उनीहरूले दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया बुझे ।

बिज्ञापन

दर्शकले फिल्मले दिएको सन्देश मन परेको प्रतिक्रिया दिएको निर्देशक लामिछानेले बताए । कतिपय दर्शकले केदारलाई जुरुक्कै बोकेर खुसीले नाराबाजी गरेको देखिएकोे छ । कलाकार घिमिरे पनि आफूजस्तो भुइँमान्छेलाई दर्शकको आशीर्वादले उत्साहित बनाएको बताउँछन् । आगामी दिनमा अझै राम्रो फिल्ममा काम गर्नुपर्ने चुनौति थपिएको उनको बुझाइ छ ।

वितरक रोहित कट्टेलले यो फिल्मले ‘ऊनको स्विटर’पछि दर्शक पाएको दाबी गरे । उनले तीजको मुख्य बिदा बाँकी नै रहेकाले फिल्मले आकर्षक कमाइ गर्ने अपेक्षा व्यक्त गरे । निर्देशक लामिछाने पनि तीज पछि फिल्मका दर्शक बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन