गौमाया गुरुङको फिल्म ‘सेप अफ मोमो’ बुसान फेस्टिभलमा छनोट

काठमाडौं : गौमाया गुरुङ अभिनित फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ ।

जेठ पहिलो साता कान्स फिल्म फेस्टिभल अन्तर्गतको कान्स मार्केटमा यो फिल्मले ‘हफ गोज टु कान्स’ अवार्ड जित्यो । यो फिल्ममा पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाको पनि अभिनय छ । यो फिल्मलाई लिएर नयाँ खबर छ । यसवर्षको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलको ‘भिजन एसिया’ विधामा यो फिल्म छनोट भएको छ ।

बिज्ञापन

साथै, स्पेनको सन सेबास्टियन फिल्म फेस्टिभलमा समेत सेप्टेम्बरमा यो फिल्म स्क्रिनिङ हुँदैछ । बुसानमा यो फिल्म छनोट हुनु सिक्किमेली निर्देशक त्रिवेणी राईको लागि ठूलो सफलता हो । परिवारका पुरुष सदस्यको मृत्युले पीडित मुख्य पात्र परिवारमा फर्कन जागिर छोड्छिन् । उदासिन बाँकी महिलाहरूलाई देखेर उनले उनीहरूलाई स्वतन्त्रता र आत्मनिर्भरतातर्फ सशक्त बनाउने संकल्प गर्छिन् । यसको कथा यही थिममा घुमेको छ ।

यसवर्षको बुसान फिल्म फेस्टिभल सेप्टेम्बर १७ देखि सेप्टेम्बर २६ सम्म दक्षिण कोरियामा आयोजना हुँदैछ । यस संस्करणमा ७० देशका २४० फिल्म प्रदर्शन हुनेछ । भिजन एसिया विधामा ११ फिल्म स्क्रिनिङ हुनेछन् । भिजन कोरिया र भिजन एसिया खण्ड यसवर्षदेखि थालिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन