रश्मिका – आयुष्मानको हरर लभस्टोरी ‘थामा’को टिजर सार्वजनिक

एजेन्सी : म्याडक फिल्म्सले आफ्नो प्रतिक्षित फिल्म ’थामा’ को टिजर रिलिज गरेको छ । आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दीकीको अवतार टिजरमा डरलाग्दो देखिन्छ ।

यसपटक ‘थामा’मा, त्राससँगै रक्तपातपूर्ण प्रेमकथा र राक्षसको उपद्रो पनि देख्नेछौं । म्याडक फिल्म्सले अहिलेसम्म ’स्त्री’, ’स्त्री २’, ‘भेडिया’ र ’मुंज्या’ जस्ता हरर कमेडीहरू बनाएको छ ।

बिज्ञापन

‘थामा’ यस ब्यानरको पहिलो प्रेमकथा हो । निर्माताको दाबी छ कि यो एक डरलाग्दो फिल्मको साथै रक्तपातपूर्ण पनि हुनेछ, जसमा रगत चुस्ने पिशाचजस्ता पात्र पनि हुनेछन् ।

’थामा’को टिजर आयुष्मानको पात्र आलोकको आवाजबाट सुरु हुन्छ । उसले तारका अर्थात् रश्मिकालाई सोध्छ( के तिमी म बिना १०० वर्ष बाँच्न सक्छौ । उनी जवाफ दिन्छिन्, ‘एक क्षणको लागि पनि होइन, १०० वर्ष पनि होइन ।’ अनि त्यसपछि रश्मिका देखिन्छिन्, जो पूर्णतया निडर अवतारमा प्रस्तुति छिन् । आयुष्मान पनि देखिन्छन्, जो घाइते छन् ।

अभिनेता नवाजुद्दिन भिलेन भ्याम्पायरको रोलमा छन् । ’थामा’ आउँदो तिहारमा रिलिज हुनेछ । आदित्य सरपोतदारले निर्देशन गरेका हुन् ।

’थामा’को कथा ’स्त्री’ र ’भेडिया’सँग जोडिएको बताइएको छ । यसमा वरुण धवन ९भेडिया० पनि देखिनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो