ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं : पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ। गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ।

पाकिस्तान सरकारले सामाजिक सञ्जालमा लेख्दै पाकिस्तान र भारतको युद्ध नजिकिएकै समयमा ट्रम्पले कूटनीतिक क्षमता देखाएको उल्लेख गरेको छ।

बिज्ञापन

गएको मे महिनामा हात हतियारले पूर्ण भएका दुई छिमेकी भारत र पाकिस्तान द्वन्द्व चलिरहेको समयमा चौथो दिन अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोकिने कुरा बताएका थिए।

शनिबार सामाजिक सञ्जालमा पाकिस्तानी सरकारले तीव्र रूपमा भीषण युद्धको बाटोमा गई रहेको भारत र पाकिस्तानको तनावलाई रोकेर ट्रम्पले आफूलाई संसारकै अब्बल नेताको रूपमा पुष्टि गरेको जनाएको छ।

सो समयमा भएको युद्ध विरामको जस भारतले भने अमेरिकालाई दिएको छैन। भारतले युद्ध विराम हुनुमा तेस्रो पार्टीको कुनै भूमिका नभएको बताउँदै आएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन