एजेन्सी : पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरले आफूहरूलाई कसैले तर्साउन नसक्ने बताएका छन् ।
उनले पाकिस्तान आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका हुन् ।
बिज्ञापन
भारतीय सेनालाई उचित जवाफ दिने देशलाई गरेको वाचा पूरा गरेको उनले बताए।
‘भारतले हामीलाई तर्साउन सक्दैन,’ मुनीरले भने, ‘उसँग जतिसुकै हतियार होस् वा जतिसुकै ठुलो सेना भएको दाबी किन नहोस्।’
युद्धमा सेनाको संख्याभन्दा पनि कौशलताले काम गर्ने भन्दै आफूहरूले त्यो कौशल देखाएको उनले सुनाए।
50