मर्यादित रुपमा होली पर्व मनाउन जिल्ला प्रशासन कार्यालय कैलालीको आग्रह

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले मर्यादित रुपमा होली पर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरेर जिल्लावासीलाई मर्यादित रुपमा होली पर्व मनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा होली मनाउने नाममा अवाञ्छित गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ । त्यस्तो गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रशासनले जथाभावी रङ लगाउने, कोही कसैको इच्छा विपरित हानिकारक वस्तु दल्ने कार्य नगर्न आग्रह गरेको छ । प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिलाई अभद्र व्यवहार गर्ने, नसालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा नाचगान तथा होहल्ला नगर्न प्रशासनले आग्रह गरेको छ ।

डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति, सुव्यवस्थामा खलल पु¥याउने खालका कानुन विपरितका क्रियाकलाप नगर्न र नगराउन प्रशासनले आग्रह गरेको छ ।

साथै, बेलुकी ९ बजेसम्म मात्रै सभ्य, मर्यादित, हर्षोल्लास पूर्वक पर्व मनाउन अपिल गरिएको छ । कोही कसैले कानुनको बर्खिलाप हुने क्रियाकलाप गरेको पाइएमा कानुन बमोजिम सजाय हुने सूचनामा उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

लेखा समूहका कर्मचारीले गरे मुख्यमन्त्री कार्यालयमा धर्ना

रानाथारू समुदायमा होरीको रौनक सुरु

सौराइ नारी सम्मान २०८१’ बाट ६ महिला सम्मानित

जानकी माविको अध्यक्षमा जित जैगडी चयन

सुरेन्द्र बिष्टलाई गोलि हानेर हत्या गर्ने कर्णबहादुर सार्वजनिक

धनगढीमा लोक भजन गायन प्रतियोगिता हुने

दार्चुलामा  भन्सार छलीको चिनीसहित गाडी नियन्त्रणमा

पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बुढीगंगा–९ का तीन जना भाइबहिनी अलपत्र