बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ सेराल बाडामा तीन जना भाइबहिनी अलपत्र परेका छन ।
बुवाको मृत्यु र आमा बिरामी भएर अस्पतालको शैयामा रहेकाले तीन जना भाइबहिनीहरु अलपत्र परेका हुन् । सेरालबाडका ६ बर्षका प्रतिक सेराला र जुम्ल्याही छोरी ३ बर्षकी गंगा र जमुना सेराला बुढी बज्यैको सहारामा रहेको आफन्तले बताएका छन् ।


उनीहरुका बुवा ३० बर्षीय अर्जुन सेरालाको मृत्यु भएको र आमा चैती सेराला बिरामीले थला परेपछि उनीहरु अहिले बुढी बज्यैको सहारामा रहेका छन् । बुढीबज्यै थेबु सेरालाले नातीको मृत्यु र नातीनी बुहारी बिरामीले थला परेपछि तीन जना पनातिहरु आफ्नो सहारामा रहेको बताइन् ।
आफूसँग घर जग्गा जमिन नहुँदा अहिले छिमेकीहरुबाट मागेर बिहान बेलुकाको छाक टार्ने गरेको उनले बताईन । बच्चाहरुले सधैं भात भात भनेर सताउने गरेको बताउदै उनले चालम नहुँदा गाउँलेसँग कोदोको धुलो मागेर रोटी बाडेर खुवाउने गरेको बताईन । उनकी नातिने बुहारी बिरामीले थला परेपछि अहिले अछामको बयालपाटा अस्पतालमा भर्ना गरिएको उनले बताईन ।
बुढीबज्यैका छोराको पहिल्यै मृत्यु भइसेकेको र बुहारीले अर्को बिवाह गरि सकेको उनले बताईन । एकै घरका तीन भाइबहिनी सहारा बिहिन बनेर बुढी बज्यैले सम्हाल्नु पर्ने बाध्यता हुँदा उनीहरुलाई पालन पोषण गर्न धौधौ भएकाले सबैलाई सहयोगको लागि उनले हारगुहार गरेकी छन् ।
त्यसैगरी बुढीबज्यैको सहारामा रहेका तीन जना भाइबहिनीहरुको पालन पोषणसँगै पठन पाठनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी भएको स्थानीइले बताएका छन ।
नातीहरुको पठन पाठन र बुहारीको उपचारका लागि सहयोग गरी दिन उनले अनुरोध गरेकी छिन । उपचार खर्च नपाएर बुहारी पनि अलपत्र परेको बताउदै उनले नाती नुतिनालाई पालन पोषण र पढाउन नसक्दा समस्या भएको स्थानियले बताएका छन ।