काठमाडौं : हिमालय रोडिज छैटौं सिजनको उपाधि जोसेफ शर्माले जितेका छन् । सोमबार राती हिमालय टिभी एचडीमा फिनाले एपिसोड प्रसारण भएको थियो ।
टीम अनुपविक्रम शाहीका प्रतिस्पर्धी शर्माले उपाधि जितेका हुन् । विजेता शर्माले १० लाख नगदसहित शीर्ष प्रायोजक यामाहाबाट मोटरसाइकल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।


टीम लाउरेबाट अरविन्द चन्द ठकुरी उपविजेता बने । रनरअप बनेसँगै ठकुरीले १ लाख नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । फिनाले एपिसोडमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहित प्रायोजकका प्रतिनिधिले पुरस्कार प्रदान गरे ।
पुरस्कार भने मंगलबार आयोजना विशेष समारोहमा प्रदान गर्ने तयारी छ । छैटौं सिजनमा १६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । यो सिजनमा अनुपविक्रम शाही, दीया मास्के, प्रियंका कार्की र आशिष राना लाउरे ग्याङ लिडरको रुपमा थिए । सिजनलाई रेमनदास श्रेष्ठले होस्ट गरेका थिए । सिमोस सुनुवार निर्देशक हुन् ।