इजरायलका प्रधानमन्त्री, पूर्वरक्षामन्त्री र हमास कमाण्डरविरुद्ध पक्राउ पुर्जी

एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री र पूर्वरक्षामन्त्रीका साथै हमासका सैन्य कमाण्डरलाई पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले युद्ध अपराधको आरोपमा इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ ग्यालान्टलाई पक्राउ पूर्जी जारी गरेको हो । हमासका सैन्य कमाण्डर मोहम्मद डेफको लागि पनि वारेन्ट जारी भएको बीबीसीले जनाएको छ । यद्यपि गएको जुलाईमा गाजामा हवाई आक्रमणमा परेर मोहम्मदको ज्यान गइसकेको इजरायलले दाबी गरिरहेको छ ।

बिज्ञापन

आईसीसीका न्यायाधीशहरूले इजरायल र हमास बीचको युद्धको क्रममा कथित युद्ध अपराध र मानवता विरुद्धको अपराधका लागि उनीहरु तीन जनाले आपराधिक जिम्मेवारी लिनुपर्ने उचित आधारहरु रहेका बताएका छन् । तर इजरायल र हमास दुवैले आरोप अस्वीकार गरेका छन् ।

पक्राउ पुर्जी लागु गर्ने वा नगर्ने भन्ने विषयमा आईसीसीका एक सय २४ सदस्य राष्ट्रहरूको निर्णयमा निर्भर हुने खबरमा उल्लेख छ । यी सदस्य राष्ट्रमा इजरायल र यसको मुख्य सहयोगी संयुक्त राज्य अमेरिका समावेश छैनन् । अमेरिकाले आईसीसीको निर्णय अस्वीकार गरेकामा अरु धेरै युरोपेली देशहरूले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो