जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा बिजयी

एजेन्सी : शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्रीमा बिजयी भएका छन् । उनी आज प्रतिनिधिसभामा भएको मतदानबाट बिजयी भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

गएको हप्ता लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षमा निर्वाचित भएका इशिबालाई सत्तारूढ गठबन्धनसहित अरू केही दलले मत दिएका खबरमा उल्लेख छ । अब उनलाई शाही दरबारमा हुने एक भव्य समारोहमा सम्राट नारुहितोले औपचारिक रूपमा नियुक्त गर्नेछन् । त्यसपछि इशिबाले मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

बिज्ञापन

जापानको संसद्को तल्लो र माथिल्लो दुवै सदनमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ । प्रधानमन्त्री इशिबाले जापानको घट्दो जनसङ्ख्या र कमजोर बन्दै गइरहेको अर्थव्यवस्थासहित धेरै चुनौतीको सामना गर्नुपर्ने खबरमा उल्लेख छ । यस्तै राष्ट्रिय सुरक्षा मोर्चामा चीन, उत्तर कोरिया र रुसबाट बढ्दो खतरा र अर्को महिना अमेरिकामा निर्वाचित हुने नयाँ राष्ट्रपतिसँग सम्झौता गर्ने विषयलाई पनि उनको चुनौतीका रूपमा हेरिएको छ ।

इशिबाले यसै महिना तल्लो सदन भङ्ग गर्ने र प्रारम्भिक चुनावको आह्वान गर्ने योजना पनि बनाएका छन् । प्रधानमन्त्री हुनुअघि नै संसद् भङ्ग गर्ने र चुनाव गर्ने योजना सुनाएको भन्दै विपक्षीले उनको चर्को आलोचना गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

उद्योग वाणिज्य संघको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न माग

महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा सेना परिचालन

सुदूरपश्चिमका स्थानीय तह : फोहर व्यवस्थापनबाट रोजगारी र आम्दानी

सुदूरपश्चिममा बजेट भागबण्डा : सांसदलाई २ अर्बभन्दा बढीका योजना

बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत

टेम्पो भीरमा खसालिएको घटना : सोधपुछका लागि १० वन कर्मचारी प्रहरी नियन्त्रणमा

बालविवाह अन्त्यका लागि सामाजिक सोच परिवर्तन आवश्यक : प्रदेशसभा सदस्य पाठक

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

दुई वर्षपछि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयो एक्स–रे मेसिन