महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा सेना परिचालन

कञ्चनपुर :  कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको उत्तरतर्फ रहेको गाइडबण्ड ९ड्याम० पुनर्निर्माण तथा संरक्षण कार्यका लागि नेपाली सेना परिचालन गरिएको छ।

गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै गाइडबण्ड निर्माण तथा तटीय बस्ती संरक्षणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो। सोही क्रममा यस वर्षको मनसुनलाई मध्यनजर गर्दै सम्भावित क्षति न्यूनीकरणका लागि शनिबारदेखि पुनः सेना परिचालन गरिएको हो।

बिज्ञापन

शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले पुल योजना तथा गत वर्षको बाढीबाट क्षति पुगेको गाइडबण्ड क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो। त्यसलगत्तै सरकारले पुनर्निर्माण कार्यलाई तीव्रता दिन सेना खटाएको हो।

सडक डिभिजन कार्यालय कञ्चनपुरको समन्वयमा नेपाली सेनाको टोली क्षतिग्रस्त क्षेत्रमा परिचालित भएको छ। बिजितराज रेग्मी सहितको प्राविधिक टोलीले प्रभावित क्षेत्रको निरीक्षण गरी आवश्यक पुनर्निर्माण कार्य सुरु गरेको जनाएको छ।

सैनिक टोलीले तत्कालको क्षति न्यूनीकरण, थप कटान रोकथाम, चार लेनको पुल संरक्षण तथा तटीय बस्तीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ काम थालेको छ। सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न स्थानबाट थप सैनिक जनशक्ति परिचालन गर्ने तयारीसमेत गरिएको छ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादव का अनुसार गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटर क्षेत्रमा क्षति पुर्‍याएको थियो। सोही क्षेत्रमा केन्द्रित भएर पुनर्निर्माण कार्य अघि बढाइएको छ। निर्माणका लागि आवश्यक मेसिनरी तथा प्राविधिक सहयोग सडक डिभिजन कार्यालयले उपलब्ध गराउने र जनशक्ति नेपाली सेनाबाट परिचालन हुने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

चार लेनको महाकाली पुलको करिब ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको भए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर ९भीओ० सम्बन्धी विवाद समाधान हुन नसक्दा निर्माण कम्पनी गत वर्षदेखि कामबाट बाहिरिएको छ। निर्माण व्यवसायी र सडक विभागबीचको विवाद हाल मध्यस्थ न्यायाधीकरण ९आर्बिट्रेसन० प्रक्रियामा रहेको जनाइएको छ।

आसन्न वर्षायाममा महाकाली नदीमा आउने सम्भावित बाढीबाट पुल तथा तटीय बस्तीलाई सुरक्षित राख्न गाइडबण्ड पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

उद्योग वाणिज्य संघको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न माग

सुदूरपश्चिमका स्थानीय तह : फोहर व्यवस्थापनबाट रोजगारी र आम्दानी

सुदूरपश्चिममा बजेट भागबण्डा : सांसदलाई २ अर्बभन्दा बढीका योजना

बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत

टेम्पो भीरमा खसालिएको घटना : सोधपुछका लागि १० वन कर्मचारी प्रहरी नियन्त्रणमा

बालविवाह अन्त्यका लागि सामाजिक सोच परिवर्तन आवश्यक : प्रदेशसभा सदस्य पाठक

निसर्ग अस्पतालमा सामाजिक सुरक्षा कोषको सुविधा

दुई वर्षपछि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयो एक्स–रे मेसिन

प्रतिनिधिसभा बैठक : बजेटमाथिको छलफल जारी रहने