बिभिन्न दलसँग विश्वासको मत माग्दै प्रधानमन्त्री ओली

आफू संसदमा अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र लचिलो रुपमा प्रस्तुत भएका छन् । २७ गते संसदमा हुने विश्वासको मतदानमा पार्टी भित्रकै माधव नेपाल–झलनाथ खनाल पक्षले भोट नहाल्ने देखिएपछि प्रधानमन्त्री ओलीले सहमतिको लागि पहल सुरु गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सहमति भएको खण्डमा यसअघि गरेका सम्पूर्ण कारबाही फिर्ता गर्ने गरी तयारी सुरु गरेका छन् । सोही अनुसार बिहीवार र हिजो दुई पक्षका नेताहरुकाबीचमा चरण, चरणमा छलफल भएको भए पनि सहमति भने हुन सकेको छैन । हिजो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता नेपालले प्रधानमन्त्री ओलीसँग कुनै पनि किसिमको सहमति नभएको प्रष्ट पारेका छन् ।

बिज्ञापन

२७ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिदै छन् । तर, काँग्रेस, माओवादी केन्द्र र नेपाल पक्षले विश्वासको मत दिन नसकिने प्रष्ट पारिसकेको छ । यता जनता समाजवादी पार्टीले भने हालको परिस्थितिमा पक्ष विपक्ष कतै पनि नलाग्ने गरी निर्णय गर्ने अन्तिम तयारीमा पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन