कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।

बिज्ञापन

संविधानको धारा १६८ को उपधारा ९५० अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

सुदूरपश्चिममा ३२ विद्यालय नमुना छनौट

कैलालीका केही स्थानबाट भन्सार छलीका सामान बरामद

नेपाली महिला क्रिकेट : आज हङकङविरुद्ध खेल्दै

दोधारा चाँदनी सुक्खा बन्दरगाह : रोजगारी पाउने आशा

पाकिस्तानले गर्याे भारतका विभिन्न शहरहरूमा ड्रोन हमला

जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना पक्राउ

कैलारीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन योजना निर्माण

धनगढीका होल्डिङ सेन्टर प्रयोगविहीन

भारत–पाकिस्तान आक्रमण : पञ्जाब र दिल्लीबीचको खेल रद्द