कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त हुँदै

काठमाडौं : कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि तयारी थालिएको छ । सर्वोच्च अदालतले यसअघि मुख्यमन्त्री बनेका उद्धव थापालाई हटाउँदै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएपछि आजै नियुक्तिको तयारी थालिएको हो ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि शपथ पनि आजै लिने तयारी गरेका छन् । बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । मुख्यमन्त्रीसँगै आज २ जना मन्त्रीलाई पनि शपथग्रहण गराउने एमालेको तयारी छ ।

बिज्ञापन

सर्वोच्च अदालतले बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गर्दै पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

मातृ भाषामा खाए मन्त्री रामेश्वर चौधरीले सपथ

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमिति संयोजकमा मन्जु खाण चयन

सुदूरपश्चिमको उद्योगमन्त्रीमा रामेश्वर चौधरी नियुक्त

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

समयमै सिचाई नहर निर्माण भएपछि जगातीका गाँउलेद्वारा उपभोक्ता समितिलाई सम्मान

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ

बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ : प्रधानमन्त्रीका सल्लाहकार रिमाल

पाँच वर्षदेखि लिफ्ट योजना अलपत्र

आगामी आर्थिक वर्षका लागि गोदावरी– १० को बजेट ९३ लाख ३० हजार