एमालेको लुम्बिनी प्रदेश अध्यक्ष चुन्न आज निर्वाचन हुँदै

काठमाडौं : नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्ष चुन्न आज निर्वाचन हुँदैछ।

प्रदेशको नेतृत्व सहमतिमै टुंगो लगाउन अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएपनि दुई बलिया दाबेदार राधाकृष्ण कँडेल र हरी रिजाल दुबैले पछि नहट्ने अडान लिएपछि निर्वाचन हुन लागेको हो।

बिज्ञापन

प्रदेशको नेतृत्व चयनका लागि आइतबार रातिदेखि नै निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। आज बिहान १० बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ। अध्यक्षका दुई उम्मेदवार कँडेल र रिजालले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन्।

अधिवेशनले लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको जुँगाको लडाइँ सतहमा देखिएको छ।

अध्यक्षका उम्मेदवार कँडेल पौडेल निकट हुन् भने रिजाललाई महासचिव पोखरेलको समर्थन छ। त्यहाँ अन्य पदाधिकारीका लागि पनि दुबै पक्षले आ-आफ्नो उम्मेदवार उठाउने आकलन छ।

एमालेको प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले आइतबार राती ८ बजेदेखि निर्वाचन प्रक्रियाको काम स्थगित गरी सोमबार बिहान १० बजेसम्म मनोनयनको समय थप गरिएको जानकारी दिए।

अध्यक्ष लगायत उपाध्यक्ष, सचिव, उपसचिव सदस्य सबै पदमा आवश्यक संख्याभन्दा धेरैको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

सोमबार मनोनयनको काम सकिएपछि मतदान सुरू गरिने प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन