बाढी कोशी प्रदेशमा आयो पुल हाम्रा याँ बगेर गए : दीर्घ सोडारी

कैलाली : नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता दीर्घ बहादूर सोडारीले प्रदेश सरकारको बजेट प्रती ब्यापक अशन्तुस्टी जनाएका छन् । सरकारको बजेट प्रति अशन्तुस्टी स्वरुप ब्यङ्ग्य गर्दै पुर्व मन्त्री समेत रहेका नेता सोडारीले कोशीमा बाढी आएपनि यहाँका पुल र सडक बगाएको बताए ।

प्रदेश सरकारको बजेटप्रती सत्तापक्षनै ब्यापक अशन्तुस्ट छ नी किन हो भन्ने स्टेट सेभेनको प्रश्नमा सोडारीले भने “मेरा त ठेक्का लगाएका पुलनै कति उडे थाहा छैन, बाढी उता एक नम्बर कोशी प्रदेशमा आयो पुल हाम्रा बगेर गए, सडक भत्केर गए ।” हामी ऐतिहासिक प्रदेशमा छौँ उनले भने “सबै प्रदेशमा बजेट सानो आयो सुदूरपश्चिमको बजेटपनि सानो आएको छ, सानो बजेटले धेरै ठाउँमा नपुग्यो होला, मिलाउँदै होलान मन्त्री ज्यु हरुले ।”

बिज्ञापन

अब सरकारले के कसरी अगाडी बढ्छ गर्ला उनले भने “सत्तारुढ राजनितिक दलका नेताहरुलाई समेधपुछ गरे हामी सुझाव दिउँला, अस्ती बजेट बनाउँदा यसो यसो गरौँ भनेर सल्लाह दियौँ तर आफ्नो मनलाग्दी गरे, अबपनि आफ्नै काम गर्छन की मिलाउँछन् भकुन्डो, गोल सरकारतिर छ हामी तिर छैन ।”

बजेटप्रती सत्तारुढ एकिकृत समाजवादी मात्रै नभएर माअ‍ेवादी, नागरिक उन्मुक्तीपनि रुस्ट छ । बजेट बक्तब्य लगत्तै बजेटको समर्थन जनाएको सत्तापक्ष रातो किताबमा आफ्ना योजना नसमेटिएपछि रुस्ट बनेको हो । प्रदेशको आर्थिक मामिला मन्त्रालयले तयार पारेको रातो किताब अध्यायनपछि प्रदेशको माओवादी केन्द्र, नागरिक उन्मुक्ती र एकिकृत समाजवादी दल रुस्ट छन् । सरकारले माग सम्बोधन नगरे सरकारनै धरापमा पर्ने यि सत्तारुढ दलले चेतावनी समेत दिइरहेका छन् ।

असार १ गते सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक वर्षको २०८०÷०८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार को बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुतपछि त्यसमाथी प्रदेशसभामा छलफल शुरु हुनुपर्ने हो, तर करिब दुई सातासम्म बजेटमाथीको छलफल शुरु हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन