कोशीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनलमा

कैलाली : महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सुदूरपश्चिमले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछ । जनकपुरधामको राम जानकी क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै कोशीले ९५ रनको लक्ष्य दिएको थियो । तर सुदूरपश्चिमले १५।४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले सर्वाधिक २९ रनको अविजित पारी खेले । राजु रिजालले २३, दीपक बोहराले ८, खडक बोहराले १३ र मिलन बोहराले १० रन बनाए ।

बिज्ञापन

कोशी प्रदेशका लागि दीपेश कँडेलले ४ ओभर बलिङ गर्दै २ र प्रकाश कार्कीले १ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो ।

कोशीका लागि पछिल्लो क्रममा आएका दीपक जोशीले १ चौका र १ छक्काको मद्दतमा १२ बलमा २१ रन बनाए । कप्तान अंकित सुवेदीले २५ बलमा १८, समीर कार्कीले ११, फिर्दोस अन्सरी ६, मिनास थापा ६, सोनु अन्सारीले ९, सुजन थपलियाले २, दीपेश कंडेले २, कमल खत्रीले २ र प्रकाश कार्कीले १ रनको योगदान गरे ।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै १४ रन खर्चिएका हुन् । कप्तान नारायण जोशीले २ विकेट, दीपक बोहरा र नरेन साउदले १–१ विकेट लिए । फाइनल खेल शुक्रबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन