चट्याङ लागेर दार्चुलामा एक जनाको मृत्यु

दार्चुला : दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ बर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ बर्षीया मीना खत्री र ३० बर्षीय कुमार खत्री घाइते भएका छन् । मीना र नरेश आमा छोरा हुन् । सोमबार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो । चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन