बैतडीको सभाहल निर्माणको काम अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन

बैतडी : बैतडीको सभाहल निर्माणको काम अलपत्र पारेर ठेकेदार सम्पर्क विहिन भएका छन्।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ४ गढी टुडीखेलमा निर्माण भइरहेको सभाहल निर्माणको ठेक्का लिएका ठेकेदार सम्पर्क विहिन हुँदा निर्माणको काम रोकिएको हो। निर्माणको जिम्मा पाएका ठेकेदार अझै सम्पर्कमा आएका छैनन्। ठेकेदार दावा शेर्पा अहिले सम्पर्कमा छैनन्। निर्माण सुरु भएको ६ वर्ष बित्नलाग्दा पनि भवन सम्पन्न हुन सकेको छैन।

बिज्ञापन

सभाहल सहरी विकास मन्त्रालयको बजेटमा सहरी विकास तथा भवन निर्माण विभाग डोटीले हेर्ने गरी २०७४ मा सुरु गरिएको थियो। खामपाते शेर्पा निर्माण सेवा कम्पनीसँग २ करोड २३ लाख १४ हजार लागतमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो।२०७४ साल पुस १८ गते सम्झौता भएर २०७६ असार १७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर, अहिलेसम्म निर्माणले पूर्णता पाएको छैन। अलपत्र सभाहलको अहिले छत भत्किन थालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

सेती प्रादेशिक अस्पतालमा हरेक ६ महिनामा कर्मचारी मूल्याङ्कन