गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा राजस्व सङ्कलनमा असर

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ ।

महाकाली नदीमा अवस्थित बनबासा पुल ९शारदा ब्यारेज० बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न नदिँदा साना ट्रक, मोटरसाइकल एवं साइकलको क्यारियरमा सामान आयात गर्नुपर्ने बाध्यता छ ।

बिज्ञापन

उद्योग वाणिज्य सङ्घलगायत यहाँका निजी क्षेत्रको लामो दबाब र पहलपछि बनबासा पुल केही वर्षयता दैनिक सात घण्टा खुल्न थालेको हो । यहाँबाट भारतका विभिन्न सहरबाट सामान आयात गर्न पुल नै बाधक बन्दा कञ्चनपुर भन्सार कार्यालयको राजस्व सङ्कलनमा असर पर्दै आएको छ । कैलालीको त्रिनगर भन्सारबाट दैनिक ठूला सवारी साधनमा सामान आयात भइरहदा गड्डाचौकी भन्सारबाट भने साइकलको सहारामा सामान आयात हुँदै आएको छ ।

‘पुलमा मात्रै आवागमनका लागि समयसीमा हटाएको भए राजस्व वृद्धिका साथै कञ्चनपुरमा आर्थिक गतिविधि बढ्ने थियो’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले भने, ‘अब महाकालीमा चार लेनको पक्की पुल बनेर उक्त नाका चालु भएपछि यहाँको आर्थिक गतिविधि सुदूरपश्चिमकै उच्च हुनेमा आशावादी छौँ ।’

दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण भए यो नाका मुलुककै आर्थिक नाकाका रूपमा विकास हुने बताउँदै उनले उद्योग वाणिज्य सङ्घकै पहलमा चार वर्षअघिसम्म दैनिक चार घण्टा मात्रै खुल्ने पुलको समायवधि सात घण्टा पु९याइएको जानकारी दिए ।

‘भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसितको समन्वयमा त्यो बेला पुल खुल्ने अवधि बढाइएको हो’ अध्यक्ष मल्लले भने,‘अहिले पनि हामीले पुल निर्वाध खुलाउनुुपर्ने माग गरेका छौँ ।’ गड्डाचौकी नाकामार्फत सिमावर्ती भारतीय बजार बनबासा, खटिमा, बरेली, रुद्रपुर, नयाँ दिल्ली, मेरट, हल्द्धावानी लगायत स्थानबाट सामाग्री आयात हुन्छ ।

यहाँबाट दैनिक उपभोग्य सामाग्रीका साथै लत्ताकपडा, महिलाका सामान, तरकारी, फलफूल, कम्वल, दाल, भाडावर्तन तथा हार्डवेयरका सामाग्री बढी मात्रामा आयात हुन्छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार यहाँ विगत तीन वर्षयता राजस्व सङ्कलन मिश्रित खालको छ ।

भन्सार अधिकृत तेजबहादुर रावलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य रु ५८ करोड ९६ लाख ४४ हजार रहेकामा चैत मसान्तसम्म रु ३० करोड ७९ लाख ३९ हजारसङ्कलन भएको बताए । उनले पुलको सीमित खुल्ने अवधि, ठूला सवारीसाधन गुडाउन परेको समस्यालगायत कारणले यहाँ राजस्व सङ्कलनमा असर परेको बताए ।

वर्षातका बेला महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दासाथ भारतीय पक्षले पुलमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ । ‘सुख्खा बन्दरगाह बनेपछि त यहाँको प्रमुख नाका नै यही हुन्छ’ अधिकृत रावलले भने, ‘बीचको समयमा कोरोनाका कारण पनि राजस्व सङ्कलनमा असर प९यो ।’

त्यसैगरी आर्थिक बर्ष २०७७र७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ३७ करोड ३९ लाख २३ हजार सङकलन भएको थियो । आर्थिक वर्ष २०७८र७९ मा भन्सार कार्यालयले रु ४६ करोड २२ लाख ३८ हजार राजस्व सङ्कलन गरेकामा रु ५२ करोड ७७ लाख ६० हजार सङ्कलनको लक्ष्य लिइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो