गृहमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम : धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेका हुन्।

बिज्ञापन

आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरि चक्काजाम गरेका हुन्।

जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्वर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो ।

अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो ।

तर उनीहरुले न फिरौतीको रकम लिए न त दुवै जनालाई मुक्त नै गरे । घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए ।

यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो ।अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

सुदूरपश्चिमका  दुई जिल्लाबाट ५ लाख ७५ हजारको अवैध सामान बरामद

विद्यालय लामो समय देखि बन्द : बालबालिकाहरु घरकै काममा व्यस्थ

गोदावरी नगरपालिकामा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

आजको माैसम : यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आईपीएल : कोलकाताविरुद्ध गुजरातको सहज जित

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित

राजेन्द्र लिङदेनसहितका राप्रपा सांसद रिहा