बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेल नियुक्त

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेल नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोमबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

११० सांसद मध्य ७० सांसदको समर्थनसहित जम्मकट्टेलले मुख्यमन्त्रीमा दाबी पेश गरेलगत्तै प्रदेश प्रमुख शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहेको छ ।

बिज्ञापन

जम्मकट्टेल यसअघि डोरमणि पौडेलको नेतृत्वमा गठित प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् । उनी २०७९ मङ्सिर ४ मा भएको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भएका थिए । जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इन्चार्ज हुन् ।

मुख्यमन्त्री बनेपछि जम्मकट्टेलले मन्त्रालय घटाएर प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिने प्रतिक्रिया दिएका छन् उनले हाल भएको १४ वटा मन्त्रालय घटाएर बढीमा ११ वटा कायम गरिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो