सुदूरपश्चिम महोत्सवको शुक्रबार दोस्रो दिन झण्डै पाँच लाख बराबरको कारोवार

धनगढी : सुदूरपश्चिम महोत्सवको शुक्रबार दोस्रो दिन झण्डै पाँच लाख बराबरको कारोवार भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २२ गतेदेखि शुरु भएको महात्सवको दोस्रो दिनमा टीकट विक्री र भित्र व्यवसायमा गरि पाँच लाख बराबरको कारोबार भएको हो ।

उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले दोस्रो दिन दुई लाख ९९ हजार आठ सय ५० रुपैयाँको टीकट विक्री र भित्र रहेका स्टलहरुमा झण्डै दुई लाख बढी गरि पाँच लाख बराबरको कारोबार भएको बताए ।

बिज्ञापन

यस्तै, महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती दिएका छन । लोक दोहरी गायक रामजी खाँडले दर्शकलाई हाँस्यव्याँग्यबाट मनोरञ्जन दिएका छन् भने गायिका मन्जु पौडेल र गायक बादल थापाको वेजोड प्रस्तुती रहेको थियो । महोत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

कैलाली उद्योग वाणिज्य संघद्वारा  रु. १०० माथिका सामानमा भन्सार अनिवार्य गर्ने निर्णयको स्वागत

डडेल्धुरामा सैनिकका परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम सुरु 

यूएईसँगको दोस्रो टी–२०आई खेलमा नेपाल ८ विकेटले विजयी

उच्च सुरक्षा अधिकारीहरूसँग गृहमन्त्रीको पाँच घण्टा लामो गोप्य छलफल

जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

आजको माैसम : तराई क्षेत्रमा तातो लहरको सम्भावना

आज २०८३ साल वैशाख ९ गते बुधबारको राशिफल

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो