लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

धनगढी : मध्य–पश्चिम बंगालको खाडी र न्यून चापीय क्षेत्रको प्रभावाका कारण नेपालमा अझै तीन दिन हल्कादेखि भारी वर्षा हुने मौसमविद्हरूले आकलन गरेका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने र नदीमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार शनिबार र आइतबार पनि सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ । बिहीबार र शुक्रबार पनि दुवै प्रदेशका विभिन्न भागमा भारी वर्षा भएको छ भने बाढीपहिरोले ठूलो क्षतिसमेत निम्तिएको छ । केही हिमाली जिल्लामा दुई दिनयता भारी हिमपात भएको छ ।

बिज्ञापन

हिमाली क्षेत्रमा समेत मौसममा छिनछिनमा बदलाब आइरहेकाले पदयात्रा नगर्नसमेत महाशाखाले ध्यानाकर्षण गराएको छ । मौसममा बदलाब आउँदा हवाई उडानसमेत प्रभावित भएको छ ।
महाशाखाकी मौसमविद् बिनु महर्जनले नेपालको भू–भागमा न्यूनचापीय क्षेत्रको प्रभाव सक्रिय भएकाले वर्षा जारी रहेको बताइन् । ‘पूर्वतिर पानी पार्ने प्रणाली कमजोर बन्दै गए पनि पश्चिमतिर सक्रिय नै छ,’ उनले  भनिन्, ‘त्यही भएर पूर्वमा भन्दा पश्चिम भागतिर भारी वर्षासमेत हुने देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागले गत वर्षदेखि मनसुन सकिने (बाहिरिने) मितिसमेत सेप्टेम्बर २३ बाट अक्टोबर २ मा सारेको थियो । गत वर्ष अक्टोबर ११ (असोज २५) मा मुलुकबाट मनसुन बाहिरिएको थियो । तर, मनसुन सकिएको घोषणा भएको एक सातापछि परेको भारी वर्षाले ठूलो परिमाणमा धानबालीमा क्षति पुर्‍याउनुका साथै ठाउँठाउँमा पहिरो गएको थियो ।

हरेक १० वर्षमा मनसुन प्रवेश र निकास हुने समयमा बदलाब आउने भएकाले विभागले समय परिवर्तन गरेको थियो । मौसमविद्हरूले अहिलेसम्मको मौसम प्रणाली हेर्दा यो वर्ष अक्टोबर दोस्रो सातासम्मै मनसुन रहने संकेत देखिएको बताएका छन् ।

‘पानी पार्ने प्रणाली भित्रिरहेको र बंगालको खाडीमा समेत प्रभाव बाँकी भएकाले वर्षा केही दिन जारी हुने देखिन्छ,’ मौसमविद् महर्जनले भनिन्, ‘अहिले नै मनसुन बाहिरिने मिति यकिन गर्न सकिने अवस्था छैन ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

नेकपा एकीकृत समाजवादीले अध्यादेशको पक्षमा मतदान नगर्ने

राजेन्द्र लिङ्देनले भने – उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो

नेपाली विद्यार्थीलाई दूर्व्यवहार : केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारको अर्ध–वार्षिक समीक्षा गोष्ठी

नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी

कञ्चनपुरमा गाई गोठमा आगलागी, ६ लाखको क्षति 

प्रकृति लम्सालको मृत्युले अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथि गम्भीर प्रश्न

जानकी गाउँपालिकाको विद्यार्थीका शैक्षिक प्रदर्शनीमा कलाकृति

एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल